अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काबुलमा यात्रुवाहक बसलक्षित विस्फोट, सातजनाको मृत्यु

काबुलमा यात्रुवाहक बसलक्षित विस्फोट, सातजनाको मृत्यु


काबुल–अफगानिस्तानको राजधानी काबुलमा मङ्गलबार बसलाई लक्षित गरी भएको विस्फोटमा सातजनाको मृत्यु हुनुका साथै अन्य २० जना घाइते भएका छन् ।

काबुल प्रहरीका प्रवक्ता खालिद जादरानले राजधानीको दश्त–ए–बार्ची क्षेत्रमा विस्फोट भएको बताए ।

जादरानले सामाजिक सञ्जाल एक्स (ट्विटर)मा लेखेका छन्, “काबुलको दश्त–ए–बार्ची क्षेत्रमा सर्वसाधारण यात्रु बोकेको बसमा विस्फोट भएको छ । दुर्भाग्यवश हाम्रा सातजना देशवासी सहिद भएका छन् र अन्य २० जना घाइते भएका छन् ।”

सुरक्षाकर्मी घटनास्थलमा पुगेको र अनुसन्धान सुरु गरिएको उनले बताए ।

सन् २०२१ को अगष्टमा तालिबानले अमेरिका समर्थित सरकारलाई सत्ताच्युत गरेपछि तालिबानले आफ्नो विद्रोह अन्त्य गरेपछि बम विस्फोट र आत्मघाती आक्रमणको संख्यामा नाटकीय रुपमा कमी आएको छ ।

यद्यपि, आईएसको क्षेत्रीय शाखासहित थुप्रै सशस्त्र समूहहरू अझै पनि खतरामा छन् । गत अक्टोबरको अन्त्यतिर इस्लामिक स्टेट समूहले सोही क्षेत्रमा रहेको एक स्पोर्ट्स क्लबमा भएको विस्फोटको जिम्मेवारी लिएको थियो । उक्त विस्फोटमा चारजनाको मृत्यु हुनुका साथै सातजना घाइते भएको तालिवान अधिकारीहरूले बताएका थिए ।-रासस/सिन्ह्वा

Skip This