अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इजरायली आक्रमणबाट गाजामा २० हजार जनाकाे मृत्यु  

इजरायली आक्रमणबाट गाजामा २० हजार जनाकाे मृत्यु  


काठमाडौँ-हमास र इजरायलबीच युद्ध सुरु भएयता गाजामा २० हजार मानिस मारिएका हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

गएको अक्टोबर ७ तारिखमा युद्ध सुरु भएयता उनीहरु मारिएको उल्लेख छ । हमासले इजरायलमा आक्रमण सुरु गरेपछि इजरायलले पनि जवाफी कारबाही थालेको थियो । त्यसबेला एक हजार २ सय व्यक्तिको ज्यान गएको थियो ।

२४० जना बन्धक थिए । जसमध्ये केहीलाई मुक्त गरिएको थियो । बाँकी बन्दी छुटाउन कायरोमा, हमास र इजिप्टका वार्ताकारबिच भएको पछिल्लो वार्ता भने निष्कर्षविहीन भएको बीबीसीले जनाएको छ ।

युद्धविराम अघि कुनै नयाँ बन्दी आदानप्रदान सम्झौता हुन नसक्ने हमासले जोड दिएपछि वार्ता निष्कर्षमा पुग्न नसकेको खबरमा उल्लेख छ । कतारमा रहेका हमासका प्रमुख इस्माइल हनियाह गाजापट्टीमा भएको आक्रमण र अन्य विषयमा छलफल गर्न हिजो मात्रै कायरो पुगेका थिए ।

लडाइँ रोक्न अन्तर्राष्ट्रिय रूपमा तीव्र दबाब छ । तर अन्तर्राष्ट्रिय समुदाय र राष्ट्रसङ्घको सुरक्षा परिषदबाट पनि युद्ध अन्त्यका लागि ठोस पहल हुन नसकेको टिप्पणी भइरहेको छ । संयुक्त राष्ट्रसङ्घको अनुमानअनुसार गाजाका २४ लाख बासिन्दामध्ये १९ लाख विस्थापित भएका छन् र सहायता समूहहरूको सहायता गर्ने सीमित क्षमताबारे चिन्ता बढ्दै गएको छ ।-एजेन्सी 

Skip This