अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गाजाको शरणार्थी शिविरमा आक्रमण : कम्तीमा ७० जनाको मृत्यु

गाजाको शरणार्थी शिविरमा आक्रमण : कम्तीमा ७० जनाको मृत्यु


काठमाडौँ–इजरायलको हवाई आक्रमणमा गाजापट्टीस्थित अल मगाजी शरणार्थी शिविरमा कम्तीमा ७० जनाको मृत्यु भएको छ । 

सघन बसोबास रहेको आवासीय भवनमा इजरायली सेनाले गरेको बम आक्रमणमा कैयौँ मानिस घाइते भएको बताइएको छ । घाइतेलाई नजिकैको अल–अक्सा अस्पताल लैजाँदै गरेका दृश्य सञ्चारमाध्यममा सार्वजनिक भएका छन् ।

यीमध्ये धेरै बालबालिका रहेको जनाइएको छ । इजरायलको आक्रमणमा तीनवटा आवासीय भवनमा क्षति पुगेको हमासको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

गत अक्टोबर ७ मा हमास समूहले इजरायलमाथि आक्रमण गरेयता इजरायलले सुरु गरेको हवाई तथा स्थल आक्रमणमा गाजापट्टीमा हालसम्म २१ हजार बढीको मृत्यु भइसकेको छ भने ५४ हजार घाइते भएका छन् ।

Skip This