अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रवि लामिछानेले साढे ४ बजे पत्रकार सम्मेलन गर्दै

रवि लामिछानेले साढे ४ बजे पत्रकार सम्मेलन गर्दै


काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूविरुद्ध लागेको सहकारी ठगीको आरोपबारे आज पत्रकार सम्मेलन गर्ने भएका छन्। 

सभापति लामिछानेले सोमबार दिउँसो साढे ४ बजे पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्न लागेका हुन्। 

आफूमाथि सहकारीको पैसा हिनामिना गरेकाे आरोप लागेपछि उहाँले पत्रकार सम्मेलनको आयोजना गर्न लाग्नु भएको हो । उहाँले सामाजिक सञ्जालमा लेख्नभएको छ,’सम्पूर्ण गाली गलोजहरु सुरक्षित राख्नु होला । कुनै दिन मन लागे पछुताउन काम लाग्न सक्छ। पार्टी कार्यालयमा आज ४:३० बजे पत्रकार सम्मेलनमा प्रश्नसहित आउनु होला ।’

Skip This