अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अन्ततः रवि लामिछानेले मागे माफी

अन्ततः रवि लामिछानेले मागे माफी


काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अन्ततः मिडियासामु माफी माग्नुभएको छ।

सभापति लामिछानेले १२ भाइ मिडिया भनी सञ्चार माध्यम र पत्रकारको नामाकरण गरेको विषयमा आज माफी माग्नुभएको हो।

आज गरेको पत्रकार सम्मेलनमा सभापति लामिछानेले विगतमा आवेगपूर्ण ढंगबाट बोलेको प्रति माफी माग्छु भनेर स्पष्ट रुपमा भन्नुभएको छ। उहाँले आगामी दिनमा पत्रकार र सञ्चार माध्यमसँग नभिड्ने संकेत गर्नुभयो।

सभापति लामिछानेले भन्नुभयो, ‘तपाईहरुलाई म विनम्रतापूर्वक भन्छु, हामीले एकअर्काविरुद्ध लड्ने होइन।’ आफू विगतमा जस्तो सञ्चार माध्यम र पत्रकारविरुद्ध नबोल्ने जनाउँ दिँदै लामिछानेले भन्नुभयो । उहाँले भन्नुभयो, ‘सनसनीपूर्ण हेडलाइन पाइने हो कि भनेर आउनु भएको होला । त्यस्ता साथीहरुलाई घाटा लाग्ने भयो।’

उहाँले आफू कान्तिपुरलाई बदनाम गर्न राजनीतिमा नआएको बताउनुभयो । आफ्नो स्वभाव अलि कडा भएको भन्दै उहँले त्यसलाई सच्याउनु पर्ने लाग्न थालेको पनि स्वीकार गर्नुभयो।

Skip This