अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

न्यूरोड क्षेत्रमा सवारी पार्किङ निषेध गरिएको भन्दै व्यवसायीले गरे विरोध

न्यूरोड क्षेत्रमा सवारी पार्किङ निषेध गरिएको भन्दै व्यवसायीले गरे विरोध


काठमाडौं-न्यूरोड क्षेत्रका व्यवसायीहरू पार्किङ निषेधका विरोधमा सडकमा उत्रिएका छन्।

काठमाडौं महानगरपालिकाले आजबाट सडकमा सवारी साधन पार्किङ निषेध गरेको हो। महानगरपालिकाले काठमाडौं टावरमा निशुल्क पार्किङको व्यवस्था मिलाएको छ।

यसैबीच न्यूरोडका व्यापारीले महानगरको निर्णयको विरोध गर्दै सटर बन्द गरेका छन्।

सवारीसाधन पार्किङ गर्न नदिएपछि ग्राहक नआउने भन्दै व्यवसायीले सटर नै बन्द गरेर विरोध गरेका हुन् ।

धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोक तर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरेको महानगरले जनाएको छ ।

Skip This