अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मङ्गोलियामा ग्यास विस्फोट हुँदा छ जनाको मृत्यु, १४ घाइते

मङ्गोलियामा ग्यास विस्फोट हुँदा छ जनाको मृत्यु, १४ घाइते


मङ्गोलियामङ्गोलियाको राजधानीमा बुधबार भएको ग्यास विस्फोटमा छ जनाको मृत्यु हुनाका साथै १४ जना घाइते भएको अधिकारीहरूले बताएका छन्।

मङ्गोलियन राष्ट्रिय आपतकालीन व्यवस्थापन निकाय (नेमा) ले आफ्नो वेबसाइट मार्फत, ६० टन तरल प्राकृतिक ग्यास (एलएनजी) बोकेको ट्रक कारसँग ठोक्किदा विस्फोट भएको  जनाएको छ।

प्रारम्भिक विवरणअनुसार आगलागीमा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ।  नेमाले आफ्नो वेबसाइटमा तीन जना अग्नि नियन्त्रकको समेत मृत्यु भएको तथा १४ जनालाई उपचारका लागि पठाइएको जनाएको छ।

आपतकालीन व्यवस्थापन निकायका अनुसार घाइतेमध्ये १० जनालाई जलेको अवस्थामा उपचारका लागि लगिएको थियो भने एक बालकलाई विषाक्तताको उपचारका लागि लगिएको हो । यसैगरी अन्य तीन शिशुको उपचार सहितको हेरचाह भइरहेको छ।

घटना स्थलमा उद्धार टोली पठाई आगो निभाएको आपतकालीन व्यवस्थापन निकायले जनाएको छ।

आपतकालीन सेवाद्वारा सार्वजनिक गरिएका तस्बिरहरूमाले आगलागी भएको स्थानमा दुईवटा गाडी जलेर सडकमा व्यापक क्षति भएको र नजिकैको स्कुलको झ्याल समेत फुटेको देखाइएको छ।

नजिकैको अपार्टमेन्ट ब्लकका बासिन्दाहरूलाई अस्थायी रूपमा स्थानान्तरण गरिएको नेमाले जनाएको छ। रासस/एएफपी

Skip This