अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनकपुरधाममा प्रभु साहका २३ कार्यकर्ता पक्राउ

जनकपुरधाममा प्रभु साहका २३ कार्यकर्ता पक्राउ


जनकपुरधाम-जनकपुरधाममा बजार र यातायात बन्द गराउँदै हिँड्ने आम जनता पार्टी (आजपा )का २३ कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जनकपुरधामको विभिन्न स्थानबाट महिलासहित २३ जना बन्दकर्तालाई नियन्त्रणमा लिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन‌‌‌ अवाले जानकारी दिनुभयो । नियन्त्रणमा लिएका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको उहाँले बताउनु भयाे।

बजार बन्द गराउने, सरकारी गाडीलाई लक्षित गरी तोडफोड गर्ने र राष्ट्रिय सभा निर्वाचनलाई प्रभावित पार्न खोजेकाले उनीहरूलाई नियन्त्रणमा लिएको डिएसपी अवाले बताउनु भयो।

Skip This