अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लक्ष्मी सनराइज बैंकले ल्यायो अनलाइनबाटै खाता खोल्न मिल्ने ‘ओरेन्जनेक्स्ट’ एप

लक्ष्मी सनराइज बैंकले ल्यायो अनलाइनबाटै खाता खोल्न मिल्ने ‘ओरेन्जनेक्स्ट’ एप


काठमाडौं-लक्ष्मी सनराइज बैंकले आधुनिक बैंकिङ आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले विशुद्ध डिजिटल बैंकिङ सेवा ‘ओरेन्जनेक्स्ट’को थालनी गरेको छ।

एफ१सफ्ट अन्तर्गतको ‘फोननेक्स्ट’सँगको सहकार्यमा सुरु गरिएको यो सेवा नेपाली डिजिटल बैंकिङको परिदृश्यको रूपान्तरणमा एक महत्वपूर्ण कदम रहेको बैंकले जनाएको हो।

‘ओरेन्जनेक्स्ट’ले मोबाईल बैंकिङ एपको माध्यमबाट सहज र पूर्ण डिजिटल अनुभव प्रदान गर्दै खाता खोल्नेदेखि लिएर मुद्दती खाता, उदेश्यमुलक बचत जस्ता वित्तीय व्यवस्थापनका उन्नत सुविधाहरु प्रदान गर्नेछ।

ग्राहकहरूको बदलिँदो आवश्यकता अनुकुल बैंकिङ सेवा दिने लक्ष्मी सनराइज बैंकको प्रतिबद्धतालाई यो पहलले टेवा पुर्याउने बैंकको विश्वास छ।

लक्ष्मी सनराइज बैंकका अनुसार नेपालको डिजिटल बैंकिङको परिदृश्यको रूपान्तरणमा ‘ओरेन्जनेक्स्ट’ कोशेढुङा साबित हुन सक्छ। परम्परागत मोबाइल बैंकिङ सेवालाई समेत समानन्तर रूपमा  विकास गर्दै, ‘ओरेन्जनेक्स्ट’ मार्फत बैंकिङ सेवा नपुगेका र विशेष गरी डिजिटल प्रविधिमैत्री युवा तथा विदेशमा रहेका ग्राहकहरुलाई प्रभावकारी बैंकिङ्ग सेवा प्रदान गरिनेछ।

फोननेक्स्टका प्रमुख कार्यकारी अधिकृत सनत कुमार पौडेलका अनुसार छिटो र प्रभावकारी बैंकिङ प्रदान गर्ने मूलभूत उद्देश्यले ओरेन्ज एनएक्सटीको विकास गरिएको हो।

परिकल्पनात्मक सोचबाट प्रेरित यस ‘ओरेन्जनेक्स्ट’ले बैंकिङ अनुभवलाई आमूल परिवर्तन ल्याउँदै ग्राहकहरूको अपेक्षाहरु पूरा गर्ने उनले विश्वास व्यक्त गरेका छन्।

Skip This