अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अवैधानिकरुपमा सञ्चालित बालगृहको छानबिन गरी दोषीलाई कारबाही गर्न आयोगको ध्यानाकर्षण

अवैधानिकरुपमा सञ्चालित बालगृहको छानबिन गरी दोषीलाई कारबाही गर्न आयोगको ध्यानाकर्षण


काठमाडौँ-राष्ट्रिय महिला आयोगले अवैधानिकरुपमा सञ्चालित बालगृहको छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ।

आयोगले आज एक प्रेस विज्ञप्ति जारी गर्दै न्यूनतम मापदण्ड पूरा नगरी सञ्चालित बालगृहमा आश्रित बालबालिकालाई बेवारिसे, असुरक्षित अवस्थामा रहेको भन्दै व्यवस्थित ढङ्गले सञ्चालन गर्नुपर्नेमा जोड दिएको हो। 

गोकर्णेश्वर नगरपालिकास्थित लवप्रसाद सुधार सङ्घ (लव प्र.बाल गृह)ले न्यूनतम मापदण्ड पूरा नगरी आधिकारिकता बिना सञ्चालन गरेको र बालगृहमा आश्रित बालबालिकालाई बेवारिसे, असुरक्षित अवस्थामा रहेको सूचनाका आधारमा यही मङ्सिर ५ मा अनुगमन गरी सम्बन्धित निकायमा बालबालिकाको तत्काल उद्धार गर्न सिफारिस गरी उद्धारमा पहल गरेको थियो । 

अनुगमनपछि आयोगले तयार पारेको प्रतिवेदनमा उक्त गृहले बालबालिकालाई मानसिक, शारीरिक तथा यौनजन्य आपराधिक कार्यमा संलग्न गराएको उल्लेख गरेको छ। 

Skip This