अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एसिडपीडित सम्बन्धी कानून ल्याउँदा अहिलेको प्रधानमन्त्री मसँगै हुनुहुन्थ्यो: अध्यक्ष ओली

एसिडपीडित सम्बन्धी कानून ल्याउँदा अहिलेको प्रधानमन्त्री मसँगै हुनुहुन्थ्यो: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी ओलीले एसिडपीडित सम्बन्धी कानून आफूले १५ दिनभित्र बनाएको बताउनु भएको छ।

एसिडपीडितहरूको कथा समेटिएको ‘नमेटिने घाउ’ चलचित्र घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै सबै तहबाट छलफल गरेर १५ दिनभित्र कानून बनाएको बताउनु भएको हो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘यसलाई अझै कडाइ गर्नुपर्छ। शीर्ष नेता र प्रधानमन्त्रीलाई भेटेरै कुरा गर्छु। एसिडपीडित सम्बन्धी कानून ल्याउँदा अहिलेको प्रधानमन्त्री मसँगै हुनुहुन्थ्यो त्यसैले म फेरि उहाँको ध्यानाकर्षण गराउँछु। हाम्रो समाजमा यस्ता घटना हुन नदिने उपलब्धता नै हुनु हुँदैन । के प्रयोजनाका लागि कसरी भन्ने कुरा कसले किन कुन मात्रामा किनेको हो ? प्रयोग भयो कि भएन बाँकी छ भने त्यो फिर्ता गराउनुपर्छ। जोसुकैले जहाँसुकै उपलब्ध नै गर्न नपाउने व्यवस्था गर्नुपर्छ।’

उहाँले एसिडको बिक्रीपछि कहाँ प्रयोग भयो भन्ने विषयमा पनि प्रशासनले रिपोर्ट राख्नुपर्ने बताउनु भयो।

 एसिड (तेजाब) आक्रमणबाट पीडित किशोरी र महिलाहरूका पीडा र जीवन कथालाई समेटर चलचित्र निर्माण गर्न लागेको हो। उक्त चलचित्रमा नेकपा एमालेका अध्यक्ष ओली प्रधानमन्त्रीको भूमिकामा देखिने निर्माण पक्षले बताएको छ।

Skip This