अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय सभा निर्वाचन परिणाम प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

राष्ट्रिय सभा निर्वाचन परिणाम प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस


काठमाडौं-निर्वाचन आयोगले माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ।

राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले सो प्रतिवेदन बुझाएका हुन्।

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८० को निर्वाचन परिणाम सहितको प्रतिवेदन पेश गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

Skip This