रुपन्देही-नेकपा एमालेकी सचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज पद्मा अर्यालले अब मुलुक बचाउने जिम्मा एमालेको काँधमा आएको बताउनु भएको छ।
एमाले प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकलाई आइतबार रुपन्देहीको बुटवलमा सम्बोधन गर्दै सचिव अर्यालले यस्तो बताउनु भएको हो।
सचिव अर्यालले भन्नुभयो, ‘पछिल्ला तथ्यांक डरलाग्दा आए। राजस्व उठ्ने क्रम पहिलाभन्दा प्रतिमहिना ४ अर्ब कम छ। व्यापार घाटा बढ्दो छ। २० करोडसम्म भारतले नेपालमा आएर सिधै खर्च गर्ने व्यवस्था डरलाग्दो हो। विभिन्न प्रकारका सूचना लिनका लागि यसप्रकारका माध्यम बनाइएको छ।’
सचिव अर्यालले दीर्घकालमा देश सुम्पने तरिकाले यो सरकारले काम गरेको बताउनु भयो। उहाँले सरकारले गरेका सबैप्रकारका कुकर्मलाई जनताकाबीच राखेर राजनीतिको कोर्स परिवर्तन अवको आवश्यकता रहेको बताउनु भयो। ‘अब मुलुक बचाउने एमालेले मात्र हो, ’उहाँले भन्नुभयो।






प्रतिक्रिया