अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नवलपरासीमा बस र टिपर ठोक्किए, १७ जना घाइते

नवलपरासीमा बस र टिपर ठोक्किए, १७ जना घाइते


काठमाडौँ– पश्चिम नवलपरासीको सुनवलमा बस र टिपर ठोक्किएका छन् । बिहीबार राति ९ः४५ बजे सुनवल–४ स्थित गैरे पेट्रोलपम्प नजिकै अल्कत्रेडाँडा भन्ने स्थानमा बस र टिपर ठोक्किँदा १७ जना घाइते भएका हुन् ।

काठमाडौँबाट बाजुरा जाँदै गरेको सु.प.प्र ०१–००१ ख ३४८० नम्बरको रात्रि बस र बुटवलबाट सुनवलतर्फ आउँदै गरेको लु २ ख १६९६ ठोक्किएका प्रहरीले जनाएको छ ।  

बसमा सवार ३५ जनामध्ये चालकसहित १७ जना घाइते भएका हुन् । घाइते हुनेहरुमध्ये ११ जना अस्पतालमा उपचाररत छन् भने तीमध्ये एक जनाको अवस्था गम्भीर छ । अन्य ६ जनालाई उपचारपछि डिस्चार्ज गरिसकेको

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ।

घाइतेहरुको देवदह मेडिकल कलेज भलुही र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । टिपर चालक सुनवल–१० गैंडाखाल बस्ने अन्दाजी २८ वर्षीय सुनिल दर्जीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।