काठमाडौँ– पश्चिम नवलपरासीमा गएराती अज्ञात समूहले सुनचाँदी व्यवसायीमाथि गोली प्रहार गरेका छन् ।
जिल्लाको बर्दघाट नगरपालिका–१६ केराबारीस्थित चोरघोल नजिकै गएराती अज्ञात समूहको गोली प्रहारबाट सुनचाँदी व्यवसायी गजेन्द्र विश्वकर्मा घाइते हुनुभएको छ । उहाँको देब्रे पाखुरामा गोली लागेको प्रहरीले जनाएको छ ।
गजेन्द्र पसल बन्द गरेर घर फर्कने क्रममा अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।
घाइते विश्वकर्माको हाल भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको वडाध्यक्ष भीमकाजी गुरुङले जानकारी दिए ।
प्रतिक्रिया