अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसको संसद् अवरोध सरकार छोड्नुपर्दाको पीडा हो: प्रमुख सचेतक बर्तौला

कांग्रेसको संसद् अवरोध सरकार छोड्नुपर्दाको पीडा हो: प्रमुख सचेतक बर्तौला


काठमाडौँ-सत्तारुढ दल नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले शुक्रबारको कांग्रेसले गरेको संसद् अवरोधलाई सरकार छोड्नुपर्दाको पीडाका रूपमा चित्रण गरेको बताउनु भएको छ।

शुक्रबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले कांग्रेसले सरकार छोड्नुपर्दाको पीडा एक हप्ता पनि सहन नसकेको बताउन भयो । उहाँले कांग्रेस पानी बिनाको माछा झैँ छटपटी रहेको बताउनु भयो।

प्रमुख सचेतक बर्तौलाले संसदमा अवरोध गर्ने, संसदीय सबै प्रक्रियाहरू अघि बढ्न रोक्ने कामलाई लाज पनि लजाउने अवस्था भएको टिप्पणी गर्नुभयो । उहाँले कांग्रेसले आफूलाई जिम्मेवार प्रतिपक्षका रूपमा उभ्याउन सक्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेस सरकार छोड्दाको पीडा एक हप्तासमेत पनि सहन नसक्ने यस किसिमको छटपटीमा कांग्रेस हुन्छ होला भन्ने लागेको थिएन। कांग्रेस पानी बिनाको माछा झैँ छटपटी जस्तो भएको छ। तीन दिन भयो विश्वासको मत लिएको सरकारले । यस प्रकारले काँग्रेसले आजैदेखि संसदमा अवरोध गर्ने, संसदीय सबै प्रक्रियाहरू अघि बढ्न रोक्ने जे अवस्था सिर्जना ग¥यो, यसले वास्तमा लाज पनि लजाउने अवस्था भएको छ। नेपाली काँग्रेसले आफूलाई सोच्नुपर्छ । जे उहाँहरूले गर्नुभयो, यति महत्त्वपूर्ण विनियोजन विधेयकका प्राथमिकतामा छलफल थियो, त्यसमा पनि विरोध गर्नुभयो, काँग्रेसले जिम्मेवार प्रतिपक्षका रूपमा उभ्याओस्, यो आग्रह छ।’

प्रमुख सचेतक बर्तौलाले कांग्रेसले संसद् अवरोध गर्दा महत्त्वपूर्ण विधेयकहरूमा छलफल गर्नबाट वञ्चित हुनुपरेको बताउनु भयो।