अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सीआईबी प्रमुखमा श्यामलाल ज्ञवाली

सीआईबी प्रमुखमा श्यामलाल ज्ञवाली


काठमाडौं-नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को प्रमुखको जिम्मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीलाई प्रमुख बनाउने निर्णय गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयको प्रस्तावमा ज्ञवालीलाई सीआईबी प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो। 

सुन तस्करी प्रकरणलाई लिएर विवादमा जोडिएपछि वर्तमान सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यलाई नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभागमा सरुवा गरिएको छ।