अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

युवा पलायन रोक्नु अहिलेको मुख्य चुनौती: अध्यक्ष ओली

युवा पलायन रोक्नु अहिलेको मुख्य चुनौती: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवालाई विदेश पलायन हुनबाट रोक्नु अहिलेको मुख्य चुनौती रहेको बताउनु भएको छ।

सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को सिनेमा संवाद कार्यक्रम अन्तर्गत शुक्रबार महानायक राजेश हमालसँगको संवादमा अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो।

अध्यक्ष ओलीले देशमा केही हुँदैन भन्ने मानसिकता विकास हुँदा युवा पलायन बढेको बताउनु भयो। उहाँले युवालाई देशभित्रै बसेर केही गर्नुपर्छ भन्ने भावना र विश्वास जगाउन आवश्यक रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘युवामा देशभित्रै बसेर केही गर्नुपर्छ भन्ने भावना, गर्न सकिन्छ भन्ने विश्वास, गर्न सक्छौँ भन्ने आत्मविश्वास दिलाउनुपर्छ।’ 

देश विकासको लागि देशवासीले नै पसिना बगाएको अध्यक्ष ओलीले स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, ‘युवा पङ्क्तिलाई हामीले हाम्रो देश बनाउनुपर्छ, अनि मात्र विकसित हुन्छ, सुविधा सम्पन्न देशमा बस्न पाउँछौँ भन्ने कुरा बुझाउनु पर्छ।’

युवालाई देशमा नै काम गर्ने वातावरण भने राज्यले बनाउनु पर्ने बताउनु भयो । राज्यले देशमा उद्यमशीलताको वातावरण बनाइदिनु पर्ने अध्यक्ष ओलीले बताउनुभयो।