अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वसन्तपुरमा चिर ठडाएर फागुपूर्णिमा प्रारम्भ

वसन्तपुरमा चिर ठडाएर फागुपूर्णिमा प्रारम्भ


काठमाडौँ-वसन्तपुरमा आज बिहान होलीको ‘चिर’ ठड्याएर फागुपूर्णिमा ९होली० को विधिवत् रुपमा प्रारम्भ गरिएको छ। परापूर्वकालदेखि मानन्धर समुदायले चिर ठडाएर फागुपूर्णिमाको पूजा गरी होलीको सुरुआत गर्ने परम्परा छ।

स्थानीय तीर्थलाल तन्डुकारले आज बिहानै चिरको पूजा गरी होलीको प्रारम्भ भएको बताउनुभयो। यसै दिनदेखि काठमाडौँवासीहरु चिरको पूजा गरी आशीर्वाद लिने चलन छ। 

तन्डुकारका अनुसार चिरको टुप्पोमा झुन्ड्याइएको रङ्गीविरङ्गी ध्वजालाई मानिसहरुले फागुपूर्णिमा समापन भएपछि घरमा लगेर राख्ने गर्छन्। 'चिरमा झुन्ड्याइएको ध्वजा घरमा राख्दा शुभ हुन्छ भन्ने धार्मिक विश्वास छ', उहाँ भन्नुहुन्छ, 'यस ध्वजामा कृष्णलीला समेत समेटिएको हुने परम्परागत मान्यता छ।”  होलीको भोलिपल्ट टुँडिखेलमा लगेर चिर विर्सजन गरिन्छ।