काठमाडौं-कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले कृषि उपजमा विद्यमान बिचौलिया प्रणाली हटाउन ‘एजेन्ट लाइसेन्स’ प्रणाली ल्याउने तयारी गरिरहेको बताउनु भएको छ।
बाराको एक कार्यक्रममा आइतबार मन्त्री साहले किसानका समस्या समाधान आफ्नो पहिलो दायित्व रहेको बताउनु भयो।
मन्त्री साहले भन्नुभयो, ‘बिचौलिया व्यवस्थापन नभएसम्म नेपाली किसानको प्रगति हुन सक्दैन, बिचौलियालाई व्यवस्थापन गर्न एजेन्ट लाइसेन्स प्रणाली ल्याउँदैछौं।’
मन्त्री साहले बिचौलिया व्यवस्थापन गरेपछि किसान र उपभोक्ता दुवैलाई फाइदा हुने भएकाले मन्त्रालयको कदममा साथ दिन सम्बन्धित पक्षलाई आग्रह समेत गर्नुभयो। उहाँले भन्नुभयो, ‘उपभोक्ता र किसान मर्ने, बिचौलिया मोटाउने वर्तमान प्रवृत्तिको अन्त्य गर्ने छु ।’ मन्त्री भएको पहिलो सातामै किसानसँग सम्बन्धित समस्या समाधानमा आफूले धेरै काम गरिसकेको बताउनुभयो।




प्रतिक्रिया