अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

फिल्म ‘महाजात्रा’ आजदेखि प्रदर्शनमा, एमाले अध्यक्ष ओलीले पनि हेर्ने

फिल्म ‘महाजात्रा’ आजदेखि प्रदर्शनमा, एमाले अध्यक्ष ओलीले पनि हेर्ने


काठमाडौँ– प्रदीप भट्टराई लिखित तथा निर्देशित फिल्म ‘महाजात्रा’ आजदेखि प्रदर्शन हुँदैछ । षट्कोण आर्ट्सले निर्माण गरेको ‘जात्रा’ शृङ्खलाको तेस्रो भाग ‘महाजात्रा’ आजदेखि प्रदर्शनमा  आउन लागेको हो । ‘महाजात्रा’ स्वदेश र विदेशमा एकसाथ प्रदर्शन हुँदैछ । 

यसैबिच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फिल्म ‘महाजात्रा’ हेर्ने बताउनुभएको छ । आज सामाजिक सञ्जालमा हरिवंश आचार्य आफूलाई मन पर्ने कलाकार रहेको बताउँदै उहाँले समय मिलेमा ‘महाजात्रा’ हेर्ने बताउनुभएको हो । 

उहाँले लेख्नुभएको छ,’हरिवंश आचार्य मलाई मन पर्ने कलाकार हुनुहुन्छ । आजदेखि उहाँको महाजात्रा चलचित्रको प्रदर्शन सुरु हुने रैछ । अघि सामाजिक सञ्जालमा पोष्टर हेरेँ । यो फिल्ममा पछिल्लो पटक धेरैले प्रशंसा गरेका डाइरेक्टर प्रदीप भट्टराईको कला र अत्यन्तै राम्रो अभिनय भएका अभिनेता विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, राजाराम पौडेल र अभिनेत्री वर्षा राउतको अभिनय एकै पटक हेर्न पाइने रहेछ । समय मिलेमा म पनि हेर्छु ।’

‘महाजात्रा’मा जीवन समृद्ध तुल्याउने सपना र आपत्कालीन रूपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक रूपले प्रस्तुत गरिएको छ।

फिल्ममा वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर वाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायत कलाकारको पनि अभिनय छ । म्याक्स दीपेश खत्रीसँगै यज्ञश्वर पौडेल निर्माता रहनुभएको छ । 

फिल्ममा जितबहादुर रूवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायांकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल संगीतकार, शमशेर लामा शृंगार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर रहनुभएको छ ।