अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुन तस्करी प्रकरणमा महराको बयान सकियो,हाजिरीमा छोड्ने कि म्याद थप्ने आजै टुंगो लगाइने

सुन तस्करी प्रकरणमा महराको बयान सकियो,हाजिरीमा छोड्ने कि म्याद थप्ने आजै टुंगो लगाइने


काठमाडौं – सुन तस्करी प्रकरणमा जोडिएको आरोपमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराको बयान सकिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं दुबैले महराको बयान सकाएका छन् । सीआईबीका एसपी तथा प्रवक्ता होविन्द्र बोगटीले महराको बयान सकिएको सञ्चार माध्यमलाई जानकारी दिनुभएको छ ।
‘सरकारी वकिल कार्यालय र सीआईबी दुबैतर्फबाट बयान तथा सोधपुछका कामहरु सकिएका छन्,’ एसपी बोगटीले भन्नुभयो।

कपिलवस्तुबाट गत सोमबार पक्राउ परेका महराविरुद्ध अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंबाट चार दिनको म्याद पाएको थियो । उक्त म्याद बिहीबार सकिएको छ । आज शुक्रबार महराको म्याद थप गर्ने वा स्वास्थ्यका कारण हाजिरी जमानी छाड्ने भन्नेबारे टुंगो लाग्ने सीआईबीले जनाएको छ ।
अदालतले समेत महराको स्वास्थ्य अवस्थालाई कारण देखाउँदै अस्पताल भर्ना गर्नु भन्ने आदेश दिएको थियो । अहिले पनि महरा बिरामी नै रहेकाले हाजिरी जमानीमा छाड्नुपर्ने महराका वकिलहरुले तर्क राखेका छन् ।