अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सामाजिक विविधता भएको देशमा होली पर्व राष्ट्रिय एकताको प्रतिक : पूर्व राष्ट्रपति भण्डारी

सामाजिक विविधता भएको देशमा होली पर्व राष्ट्रिय एकताको प्रतिक : पूर्व राष्ट्रपति भण्डारी


काठमाण्डौ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले फागुपूर्णिमा (होली) को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूको सुख, शान्ति तथा समृद्धिको कामना व्यक्त गर्नुभएको छ ।

उहाँले शुभकामना सन्देशमा होली पर्वले भौगोलिक, जातीय, भाषिक र सांस्कृतिकरूपमा विविधतापूर्ण नेपाली समाजमा सम्पूर्ण नेपालीबीच आपसी प्रेम, सद्भाव र सहिष्णुता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

“आदिकालदेखि नै समाजमा असल र खराबबीच द्वन्द्व चल्दै आए पनि सत्यको विजय नै अवश्यम्भावी हुने सार्वभौम सिद्धान्तलाई यस पर्वले प्रखररूपमा अभिव्यक्त गर्दछ ” भण्डारीको सन्देशमा उल्लेख छ ।

पूर्वराष्ट्रपति भण्डारीले सन्देशमा भन्नुभएको छ “अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुशियालीमा मनाइने सांस्कृतिक पर्व भएकाले होलीले समाजमा विद्यमान दुष्प्रवृत्तिलाई पराजित गर्दै सत्य र न्यायका पक्षमा अविचलितरूपले क्रियाशील रहन प्रेरणा प्रदान गर्दछ ।”

उहाँले रङ्गहरुको पर्वकारुपमा लिइने होलीको अवसरमा प्रयोग गरिने रङ्गमा हानिकारक रसायनको समेत मिश्रण हुने भएकाले सावधानी अपनाउन आग्रह गर्नु भएको छ। साथै होली मनाउने सन्दर्भमा उच्छृङ्खल र उत्ताउलो गतिविधि नगर्न पनि उहाँले सुझाव दिनुभएको छ।

संस्कृतिको असल पक्षलाई प्रवर्द्धन गर्दा मितव्ययी र विकृत रहित हुनुपर्नेमा जोडदिँदै पूर्व राष्ट्रपति भण्डारीले न्यायपूर्ण र सुसंस्कृत समाज निर्माण गर्न होलीपर्वबाट प्रेरणा मिलोस् भन्ने कामना समेत गर्नुभएको छ ।

सन्देशको पूर्णपाठ