अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनकोशीमा पौडी खेल्न गएका ३ जना बालबालिका बेपत्ता

सुनकोशीमा पौडी खेल्न गएका ३ जना बालबालिका बेपत्ता


काठमाडौं – उदयपुरमा होली खेल्न भन्दै गएका गाउँबाट गएका १५ जना बालबालिकाहरू मध्ये तीन जना सुनकोशी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका छन् ।

त्रियुगा नगरपालिका–१४ धाप्लाङघाट नजिकै पौडी खेल्ने क्रममा आइतबार दिउँसो तीन बालबालिका बेपत्ता भएका हुन् ।

उदयपुर प्रहरीका अनुसार १२ वर्षीया रेखा मगर, ९ वर्षीय रिदम मगर र १२ वर्षीय लोकबहादुर मगर बेपत्ता भएका हुन् ।

अहिले घटनास्थलमा प्रहरी, स्थानीय र जनप्रतिनिधिहरू समेत मिलेर बेपत्ताहरूको खोजी भइरहेको जनाइएको छ । घटनास्थलमै रहेका वडा नम्बर १४ का वडाध्यक्ष हिमबहादुर मगरका अनुसार होलीको दिन भएकोले उनीहरु गाउँबाट होली खेल्ने भन्दै सुनकोशीतिर झरेका थिए ।

गाउँबाट करिव १५ को समुहबाट केटाकेटीहरू सुनकोशीमा झरेको र उनीहरु मध्ये ५ जना पौडी खेल्न भन्दै नदीमा पसेका थिए । जसमध्ये तीनजना अहिलेसम्म बेपत्ता भएको वडाध्यक्ष मगरले जानकारी दिनुभयो । बाँकीलाई भने स्थानीयको समेत सहयोगमा नदीबाट उद्धार गरिएको उनले बताउनुभयो ।