काठमाडौं-कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले मन्त्री साहले सुन्तलालाई राष्ट्रिय फलफूल घोषणा गर्ने तयारी रहेको बताउनु भएको छ। उहाँले सुन्तलालाई चाँडै नै मन्त्रिपरिषद्बाट पारित गर्न लागेको बताउनु भयो।
०८१-०८२ भित्र वास्तविक किसानको पहिचान गरी किसान परिचयपत्र वितरण गर्ने बताउनु भयो। सोमबार मन्त्रालयमा आायोजित आगामी आर्थिक वर्षको कृषिसम्बन्धी बजेट तथा कार्यक्रमसम्बन्धी छलफलमा उहाँले यस्तो बताउनु भएको हो।
मन्त्री शाहले सुन्तलालाई राष्ट्रिय फलफूल घोषणा गर्ने तयारी रहेको बताउनु भयो। उहाँले सुन्तलालाई चाँडै नै मन्त्रीपरिषद्बाट पारित गर्न लागेको बताउनु भयो।
उहाँले भन्नुभयो, ‘सुन्तलाको हिसावले पनि म केही दिनमा मन्त्रिपरिषद्बाट पास गर्ने प्रक्रियामा पनि लागेको छु । नेपालमा सुन्तला मिठो फलको रुपमा पनि छ। त्यो फल खान पनि सजिलो छ। गाडीमा बस्दाखेरी पनि अब ५-६ जना बसे पनि केलाएर खान सकिन्छ, काट्नलाई चक्कुहरु परेन। त्यो हिसावले राष्ट्रिय फलफूलको हिसावले लैजाने म आफ्नो ठाउँबाट प्रयत्न गर्दै छु। त्यो तुरुन्तै क्याबिनेटमा पास हुने जानकारी गराउन चाहन्छु।’
मन्त्री साहले किसानहरुको पहिचान गर्ने, जग्गा वर्गीकरण गर्ने भन्ने विषयमा मन्त्रालयले काम गरिरहेको बताउनु भयो । उहाँले मन्त्रालय किसानहरुलाई पहिचान गरी किसान परिचयपत्र दिने गरी लागिपरेको बताउनुभयो।
उहाँले सबैजना एकाकार भएर फौजी तरिकाले काम गर्ने हो भने किसानको समस्या समाधान गर्न सकिने बताउनु भयो। उहाँले भन्नुभयो, ‘हामी किसानहरुको पहिचान गर्ने, जग्गा वर्गीकरण गर्ने भन्ने विषयमा हामी दिनरात मेहनत गरिरहेका छौँ। हुन त म मन्त्रालय सम्हालेको २० दिन जति भयो। किसानहरुलाई पहिचानका लागि किसान परिचय पत्र दिने गरी लागेका छौँ। कम्तीमा हामी यो २०८० चलिरहेको छ, ०८१/०८२ भित्रमा किसानहरुलाई पहिचान गर्ने गरी परिचय पत्र पनि दिइसक्नुपर्छ।’




प्रतिक्रिया