काठमाडौं-कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपी हमालकी छोरी भारतमा हराएकी छन्।
मेयर हमालले ओशो साधक रहेकी आफ्नी जेठो छोरी आरती भारतको गोवामा हराएको सामाजिक सञ्जाल फेसबुकमा जानकारी गराउनु भएको छ।
उहाँले सामाजिक सञ्जालमा लेख्नुहुन्छ, ‘उनी केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी थिइन्। हिजोदेखि जोरबा वाइब आस्बिन ब्रिजबाट सम्पर्कविहीन भएको उनको साथीबाट खबर आएकाले गोवा बस्नुहुने शुभचिन्तक दाजुभाइ दिदीबहिनीहरूले खोजी कार्यमा सहयोग गरिदिन हुन विनम्र अपिल गर्दछु ।’
मेयर हमालले आफ्नी कान्छी छोरी आर्जु र ज्वाइँ आरतीको खोजी गर्न गोवा पुग्दै गरेको जानकारी गराउनु भएको छ।





प्रतिक्रिया