अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सङ्कल्प प्रस्तावको पक्षमा मतदान गर्न एमालेको ह्विप

सङ्कल्प प्रस्तावको पक्षमा मतदान गर्न एमालेको ह्विप


विराटनगर-नेकपा एमाले र नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सचिवालयमा पेस गरेको सङ्कल्प प्रस्तावको पक्षमा मतदान गर्न एमालेले आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ। एमालेको संसदीय दलको आज बसेको बैठकले यस्तो ह्विप जारी गरेको हाे। 

 एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी प्रस्तावक, माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेशप्रसाद उप्रेती र एमालेका प्रदेशसभा सदस्य किशोरचन्द्र दुलाल समर्थक रहेको परिमार्जित प्रस्ताव आजको प्रदेशसभामा पेस हुँदैछ।

परिमार्जन गरी पेस गरिएको परिमार्जित सङ्कल्प प्रस्तावलाई प्रदेशसभाको बैठकमा पेस गर्न अनुरोध गरिएको छ । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङ्गले एमाले र माओवादीका सांसदको माग बमोजिम प्रदेशसभाको अधिवेशन बोलाएका हुन् ।