अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त


कैलाली-सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारी नियुक्त हुनुभएको छ।

प्रदेश प्रमुख नजिर मियाँले बिहीबार सोडारीलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गर्नुभएको हो।

बिहीबार दिउँसो उहाँले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको थियो।

उहाँका समर्थनमा माओवादी केन्द्रका १०, नेकपा (एमाले)का १०, नागरिक उन्मुक्ति पार्टीका ७ र स्वतन्त्र सांसद तारा जोशीले समर्थन गरेका थिए।

मुख्यमन्त्री सोडारीले आजै शपथ लिनुहुनेछ।