काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली केही समयअघि सिंहदरबारमा पुग्नभएको हाे।
उहाँहरूबीच पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमदेखि सत्तागठबन्धन घटक दलका नेताको असन्तुष्टिको विषयमा छलफल केन्द्रित भएको बताइएको छ।
यस्तै, भेटमा सरकारले ल्याउन आगामी वर्षको बजेट साथै नीति तथा कार्यक्रमको विषयमा पनि छलफल हुने बताइन्छ । सरकारले संघीय ससंद्को बजेट अधिवेशन बोलाउने तयारी पनि गरेको छ।
प्रतिक्रिया