अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धनुषाका पत्रकार यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु

धनुषाका पत्रकार यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु


जनकपुर-धनुषामा सडक दुर्घटनामा परी आज एक जना पत्रकारको मृत्यु भएको छ । धनुषाको मिथिला नगरपालिका-६ ढल्केवरमा मोटरसाइकल दुर्घटनामा परी २८ वर्षीय पत्रकार विनयकुमार यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

आज बिहान आफैँले चलाएको प्रदेश ०२–००६ प ३०३५ नं को मोटरसाइकल ढल्केवर–जनकपुर सडकखण्डमा अनियन्त्रित भई सडक छेउको रेलिङमा ठोक्किएर पत्रकार यादव गम्भीर घाइते हुनुभएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका उहाँको उपचारका क्रममा जनकपुरस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन आवाले जानकारी दिनुभयो।

मोटरसाइकलको पछाडि सवार रहेका यादवका छिमेकी लक्ष्मीनारायण यादव घाइते भएको र निजको उपचार सोही अस्पतालमा भइरहेको बताइएको छ। धनुषाधाम नगरपालिका वडा-५ का स्थानीय बासिन्दा रहेका मृतक पत्रकार रेडियो धनुषाधामका सञ्चालक तथा ई-न्युज ब्युरोका कार्यकारी सम्पादक हुनुहुन्थ्यो।