अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काभ्रेको भुम्लुमा सुमो दुर्घटना हुँदा १० जना घाइते

काभ्रेको भुम्लुमा सुमो दुर्घटना हुँदा १० जना घाइते


धुलिखेल-काभ्रेपलाञ्चोकको कोशिपारिस्थित चौरीदेउराली गाउँपालिकाको कात्तिकेदेउरालीबाट बनेपातर्फ आउँदै गरेको ना १ ज ६२९१ नम्बरको टाटासुमो भुम्लु गाउँपालिका वडा नं ५ मुलाबारीमा दुर्घटना भएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार आज बिहान भएको उक्त दुर्घटनामा परी चालकसहित १० जना घाइते भएका छन । घाइते को प्राथमिक स्वास्थ्य केन्द्र कोलातीमा प्राथमिक उपचारपछि थप उपचारका लागि धुलिखेल अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ। 

सुमो अनियन्त्रित भई सडकबाट करिब ३०/३५ मिटर तल खसेको जनाइएको छ। उक्त गाडीमा आठ महिला र दुई जना पुरुष सवार थिए । जसमध्ये तीन जना महिलाको अवस्था जटिल रहेको र अन्य सातको अवस्था मध्यम रहेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताउनुभयो । गाडी घटनास्थलमा नै रहेको छ।