अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इलामेली जनताले सुहाङ नेम्वाङलाई जिताउनेमा विश्वस्त छु: अध्यक्ष ओली

इलामेली जनताले सुहाङ नेम्वाङलाई जिताउनेमा विश्वस्त छु: अध्यक्ष ओली


इलाम-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र-२ मा एमालेले अगाडि सारेको, नेकपा (माओवादी केन्द्र), नेकपा र परिवार दलको साझा उम्मेदवार सुहाङ नेम्वाङलाई इलामेली जनताले विजयी गराउनेमा आफू विश्वस्त रहेको बताउनुभएको छ।

बुधबार इलाम क्षेत्र-२ को चुलाचुलीमा नेकपा एमाले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले इलामेली जनताले सुहाङलाई जिताउने कुरामा आफू विश्वस्त रहेको बताउनु भएको हो।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाप्रति इकिंत गर्दै भन्नुभयो ५–५ पटक प्रधानमन्त्री हुँदा पनि केही काम नगरेको आरोप लगाउनुभयो। उहाँले भन्नुभयो, ‘मित्र के काम गर्नु भो ? भनेर संसद्मा सोधेको जवाफ छैन।’

उहाँले आफू एक पटक प्रधानमन्त्री हुँदा जेष्ठ नागरिकको भत्ता बढाएको बताउनुभयो। उहाँले बालिकाहरूलाई विद्यालयमा सेनेट्यारी प्याडको व्यवस्था आफ्नो सरकारले गरेको बताउनुभयो। उहाँले स्कुलमा बच्चाका लागि खाजाको व्यवस्था कम्युनिष्टको सरकारले गरेको बताउनुभयो। उहाँले सडकमा अलपत्र परेका मानिसहरूको व्यवस्था गर्ने काम कम्युनिष्टले गरेको भन्दै कम्युनिष्टको सरकार भए देशमा कोही पनि भोकै नपर्ने बताउनुभयो । उहाँले कम्युनिष्टको सरकारले हुलाकी मार्ग बनाउन थालेको, मदन भण्डारी मार्ग बनाएको समेत दाबी गर्नुभयो।

नेपाली कांग्रेसका तर्फबाट इलामको उपनिर्वाचनमा उम्मेदवार बन्नुभएका डम्बर खड्काप्रति लक्षित गर्दै उहाँले भन्नुभयो, ‘अहिले केही साथीहरू विकास गर्छौ भन्दै हिँड्नु भएको छ। सबै तिरको बाटो बनेको छ। पैसा लिएर पनि बाटो बनाउन नसक्नेले इलाम बनाउन सक्दैन ।’ मदन भण्डारी राजमार्ग अन्तर्गत दमक चुलाचुली खण्ड बनाउने बाटोको ठेकेदार खड्का हुनुहुन्छ।’