अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

कर्णालीका मुख्यमन्त्री कँडेललाई विश्वासको मत

कर्णालीका मुख्यमन्त्री कँडेललाई विश्वासको मत


काठमाडौं-कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाउनु भएको छ।

बिहीबार प्रदेश सभामा कँडेलले प्रस्तुत गरेको विश्वासको मत लिने प्रस्ताव बहुमतले पारित भएको हो।

मुख्यमन्त्री कँडेललाई माओवादी केन्द्रका १३ जना, नेकपा एमालेका ९ र एकीकृत समाजवादीका एक जनाकाे मत पाउनु भएको हो। उहाँको पक्षमा २३ मत परेकाे छ भने विपक्षमा १२ मत खसेको छ। ४० जना सांसदमध्ये मतदानमा ३५ जना सहभागी थिए ।

उहाँ चैत २७ गते कर्णालीको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो।