अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उदयपुरको रौतामाईमा आगलागी हुँदा ५० लाखको क्षति  

उदयपुरको रौतामाईमा आगलागी हुँदा ५० लाखको क्षति  


उदयपुर-उदयपुर जिल्लाको रौतामाई गाउँपालिक-७ दोर्जेलिङ पुवारे भन्नेमा आगलागी हुँदा २ घर जलेका छन् भने रु.५० लाख रुपैयाँ बराबरको क्षति भएको छ।

जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार २०८० वैशाख १३ गते बिहीबार अपराह्न स्थानीय खड्गबहादुर कटुवालको घरमा विद्युत् सर्ट भई आगलागी हुँदा उहाँका छोरा रमेशको घरमा समेत आगो सल्किएको थियो।

आगलागीबाट घरभित्रको लत्ताकपडा र नगदसहित ३० लाख रुपैयाँ र छोरा रमेशको घरमा २० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

आगलागीको सूचना प्राप्त हुनासाथ प्रहरी र स्थानीयले रौतामाई गाउँपालिकाको दमकल प्रयोग गरेर आगो निभाएका थिए ।