अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

इलाम उपनिर्वाचन: एमाले उम्मेदवार सुहाङ नेम्वाङद्वारा मतदान

इलाम उपनिर्वाचन: एमाले उम्मेदवार सुहाङ नेम्वाङद्वारा मतदान


काठमाडौँ-इलाम-२ मा एमालेका तर्फबाट उम्मेदवार रहेका सुहाङ नेम्वाङले मतदान गर्नुभएको छ । उहाँले महेन्द्ररत्न बहुमुखी क्याम्पसमा रहेको मतदान केन्द्रमा मतदान गर्नुभएको हो।

बिहान ७ बजेबाट मतदान सुरु भएको मतदान साँझ ५ बजेसम्म हुनेछ। इलाममा शान्तिपूर्ण एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न  सात सय ४५ कर्मचारी, एक हजार पाँच सय २३ नेपाल प्रहरी, सात सय १० सशस्त्र प्रहरी बल, चार सय ५० नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका २४ जना परिचालन भएका छन् ।