अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

डडेलधुरामा ट्रिपर दुर्घटना हुँदा दुईजनाको मृत्यू

डडेलधुरामा ट्रिपर दुर्घटना हुँदा दुईजनाको मृत्यू


धनगढी- डडेल्धुराको नवदुर्गामा गएराति टिपर दुर्घटना हुँदा २ युवकको मृत्यु भएको छ। दुर्घटनामा परेर थप दुईजना घाइते भएका छन्।नवदुर्गा गाउँपालिका–४ सुरुडामा बागमती प्रदेश ०१–००१ क ९६५१ नम्बरको टिपर गएराति करिब ११ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक कुसुम नायकले जानकारी दिनुभयो।
‘दुर्घटनामा ट्याक्टर चालक धादिङको गजुरी गाउँपालिका–७ का ४० वर्षीय धिरज थापा मगर र धादिङकै रोराङ गाउँपालिकाका २७ वर्षीय विष्णु विकको मृत्यु भएको पुष्टि चिकित्सकले गरेका छन्,’ नयाकले भन्नुभयो, ‘बाँकी दुई घाइते खतरामुक्त छन्।’
दुर्घटनामा धादिङकै ३१ वर्षीय सुदिप विक र डडेल्धुराको नवदुर्ग गाउँपालिका–४ सिरुडाका २८ वर्षीय हिक्मत विक घाइते भएका छन्। उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।

बेलापुरबाट सिरुडास्थित रामजाने कन्ट्रक्सनको क्याम्पतर्फ जाँदै गरेको टिपर सिरुडास्थित भित्री सडकमा दुर्घटनामा परेको हो। दुर्घटनामा मृत्यु हुने र घाइते हुने युवक टिपरका मजदुर हुन्।