अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कीर्तिपुर आर्युवेदिक अस्पताल अगाडि बस दुर्घटना हुँदा एकजनाको मृत्‍यु

कीर्तिपुर आर्युवेदिक अस्पताल अगाडि बस दुर्घटना हुँदा एकजनाको मृत्‍यु


काठमाडौं-काठमाडौंको कीर्तिपुरमा बस दुर्घटना हुँदा एकजनाको मृत्‍यु भएको छ।

कीर्तिपुरबाट रत्नपार्क चल्ने बा.३ ख. २०२७ नं.को यात्रुबाहक कीर्तिपुर आर्युवेदिक अस्पताल अगाडि दुर्घटना हुँदा एकजनाको मृत्‍यु भएको हो।

कीर्तिपुर आर्युवेदिक अस्पताल अगाडि बस दुर्घटना हुँदा एकजनाको मृत्‍यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानी पोखरीका प्रवक्ता एसएसपी  दिनेशराज मैनालीले बताउनुभयो।

उहाँका अनुसार बस दुर्घटनामा घाइते भएका ३ जनाको अस्पतालमा उपचार भइरहेको छ।

बस दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।