अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पश्चिम नवलपरासीमा चट्याङ लागेर महिलाको मृत्यु

पश्चिम नवलपरासीमा चट्याङ लागेर महिलाको मृत्यु



नवलपरासी-नवलपरासीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको सुस्ता गाउँपालिका–५ स्थित तरैनी बस्ने २९ वर्षीय पुनम कोइरीको चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।

मङ्गलबार बिहान ११ बजे चलेको हुरीबतासको समयमा उनी बगैँचातिर गएको समयमा चट्याङ लागेको प्रहरी निरीक्षक श्यामप्रकाश यादवले बताउनुभयो । गाउँभन्दा बाहिरको आँपको रुखमुनि उहाँको शव सोही दिन अपराह्न फेला परेको हो । उहाँका दुई छोरा र एक छोरी छन् ।मृतकका श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा हुनुहुन्छ ।