अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशीमा हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन दाबी पेश

कोशीमा हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन दाबी पेश


विराटनगर-कोशी प्रदेशमा नेकपा एमाले र माओवादीले नयाँ सरकार गठनको दाबी गरेको छ। एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री बनाउन एमाले र माओवादीले प्रदेश प्रमुखकहाँ दाबी गरेका हुन्।

संविधानको धारा १६८ (५) अन्तर्गत सरकार गठनको आव्हान भएअनुसार गठबन्धनका मुख्य घटकले सरकार गठनका लागि दाबी गरेका हुन् ।

एमालेका ३९ र माओवादी केन्द्रका १३ गरी ५२ सांसदको हस्ताक्षरसहित आफूले मुख्यमन्त्रीमा दाबी पेस गरिसकेको एमाले संसदीय दलका नेता हिक्मत कार्कीले बताउनु भयो।