अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीद्वारा शपथ

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीद्वारा शपथ


विराटनगर-कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।

बिहीबार मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख परशुराम खापुङ्गबाट शपथ लिनु भएको हो। मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद पनि गठन गर्नुभएको छ।

नेकपा (एमाले)का उपनेता समेत रहेका रामबहादुर राना र नेकपा (माओवादी केन्द्र) का गणेश उप्रेती ‘सुशील’लाई मन्त्री बनाएको छ। उहाँहरू दुवैले शपथ ग्रहण गर्नुभएको हो। उहाँहरूलाई बिनाविभागीय मन्त्री नियुक्त गरेका छन्।