अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सुकेधारामा एक पुरुषको शव फेला

सुकेधारामा एक पुरुषको शव फेला


काठमाडौँ-काठमाडौँको सुकेधारास्थित रोयल मार्बल नजिकैको सडकको नालामा आज एक पुरुषको शव फेला परेको छ।

काठमाडौँ महानगरपालिका–४ सुकेधारास्थित नालीमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ घर भई हाल काठमाडौँ–७ चावहिल बस्दै आएका ४४ वर्षीय भीषण गिरीको शव फेला परेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार नालामा घोप्टो परेको अवस्थामा उनको शव फेला परेको हो ।

प्रवक्ता अधिकारीका अनुसार गिरीको शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको छ ।