अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाल्पामा जीप दुर्घटना एक बालक सहित दुईजनाको मृत्यू : १३ जना घाइते

पाल्पामा जीप दुर्घटना एक बालक सहित दुईजनाको मृत्यू : १३ जना घाइते


काठमाडौं -गएराति पाल्पामा बोलेरो जिप दुर्घटना हुँदा एक जना बालकसहित २ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १३ जना घाइते भएका छन्।
नवलपरासी पूर्वको अरुणखोलाबाट पाल्पाको निस्दी गाउँपालिका ४ तर्फ जाँदै गरेको लु १ ज ३३२४ नम्बरको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
दुर्घटनामा निस्दी गाउँपालिका ४ का ६ वर्षीय बालक राजीव सुनारी र सोही ठाउँमा २० वर्षीय तेजन सोमैको मृत्यु भएको डीएसपी सुगन्ध श्रेष्ठले जानकारी दिएनुभयो ।
‘घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ। दुर्घटनामा जिपका चालक पनि घाइते भएका छन्,’ डीएसपी श्रेष्ठले भन्नुभयो ‘गम्भीर घाइतेलाई उपचारको लागि अन्यत्र रेफर गरिएको छ। अधिकांश घाइतेको नवलपरासीको मध्यबिन्दु अस्पतालमा उपचार भइरहेको छ।’