अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाल्पामा जीप दुर्घटना एक बालक सहित दुईजनाको मृत्यू : १३ जना घाइते

पाल्पामा जीप दुर्घटना एक बालक सहित दुईजनाको मृत्यू : १३ जना घाइते


काठमाडौं -गएराति पाल्पामा बोलेरो जिप दुर्घटना हुँदा एक जना बालकसहित २ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १३ जना घाइते भएका छन्।
नवलपरासी पूर्वको अरुणखोलाबाट पाल्पाको निस्दी गाउँपालिका ४ तर्फ जाँदै गरेको लु १ ज ३३२४ नम्बरको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
दुर्घटनामा निस्दी गाउँपालिका ४ का ६ वर्षीय बालक राजीव सुनारी र सोही ठाउँमा २० वर्षीय तेजन सोमैको मृत्यु भएको डीएसपी सुगन्ध श्रेष्ठले जानकारी दिएनुभयो ।
‘घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ। दुर्घटनामा जिपका चालक पनि घाइते भएका छन्,’ डीएसपी श्रेष्ठले भन्नुभयो ‘गम्भीर घाइतेलाई उपचारको लागि अन्यत्र रेफर गरिएको छ। अधिकांश घाइतेको नवलपरासीको मध्यबिन्दु अस्पतालमा उपचार भइरहेको छ।’

Skip This