अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाजुरामा जिप दुर्घटना हुँदा १२ जना घाइते

बाजुरामा जिप दुर्घटना हुँदा १२ जना घाइते


बाजुरा-बाजुराबाट रारातर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।

बाजुरास्थित हिमाली गाउँपालिका-५ कोल्टीमा रहेको भवानी माध्यामिक विद्यालयका विद्यार्थीलाई रारा घुमाउन ल्याउँदै गरेको ग१ज ८२४९ नम्बरको जिप मुगु खत्याड गाउँपालिका-२ जाम हिलटप भन्ने स्थानमा दुर्घटना भएको हो।

दुर्घनामा नौजना विद्यार्थी, दुई शिक्षक र एक जना चालक घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेमध्ये चालकबाहेक सबैको अवस्था सामान्य छ।

घाइते चालक तथा जिप मालिक लालबहादुर भण्डारीको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। जिप सडकबाट २५ मिटर तल खसेको थियो। रासस