अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

फलोअप

झापाको सैनिक बस्तीमा खानेपानेको प्रवन्ध हुने

झापाको सैनिक बस्तीमा खानेपानेको प्रवन्ध हुने


झापा- शिवसताक्षी १० सैनिक वस्तिमा पिउने पानीको प्रवन्ध हुने भएको छ । उपभोक्ताले निवेदन दिएको १ घन्टामा पिउने पानीको व्यवस्था गर्न वडा कार्यालय र स्थानीय उपभोक्ता समिति तयार भएका हुन् ।
स्थानीय तथा राष्ट्रिय स्तरका सञ्चार माध्यममा सैनिक बस्तिका स्थानीयले पिउने पानी नपाएको विषयमा समाचार प्रकाशन भएपछि सरोकारका निकायले चासो दिएका छन् ।
वडा अध्यक्ष हर्कधन सिगुले पिउने पानीको समस्याको समाधान गर्न वडापालिका तयार रहेको बताउनुभयो । प्राविधक कारणले उपभोक्ता समितिले सो बस्तीमा पानी नदिएको हुनसक्छ । तर, स्थानियले बोले जस्तो नेपाल सरकारका तीनवटै तहले पानी नदिएको भन्ने चै गलत हो । उहाँले भन्नुभयो, नेताले पानी दिने होइन । प्रकृया पुग्यो र उपभोक्ताले चासो देखाए सरकारी तथा गैह्र सरकारी निकायले घर घरमा पानी पुर्याउँछ । यसमा समस्या के छ र ?
स्थानीय खानेपानी उपभोक्ता समिति र लाभग्राही उपभोक्ता संग आवस्यक छलफल पश्चात पिउने पानीको अविलम्ब व्यवस्था गरिने वडा अध्यक्ष सिगुले बताए । उनले भने, ‘उपभोक्ताले पहिलो नम्बरमा इ्रच्छा देखाउनु पर्यो । मानिसको पहिलो आधारभुत आवस्यक्ता भित्र पर्ने पिउने पानीको व्यवस्था मिलाउन वडालाई कुनै भारी छैन ।’
सैनिक बस्तिको करिव ५० मिटर दुरीमा शैनिकबस्ती खानेपानी तथा सरसफाई उपभोक्ता समितिको पानी संचालनमा छ । त्यो पानी स्थानीयले उपभोग गर्न सक्ने सो उपभोक्ता समितिका अध्यक्ष मोहन वहादुर कार्कीले बताउनुभयो । ‘समितिमा निवेदन दिएको १ घन्टामा घर घरमा पानी हामि पुर्याउँछौं ’ उहाँले भन्नुभयो ।