अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विराटनगरमा ट्याक्टर र भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु, ५ जना घाइते

विराटनगरमा ट्याक्टर र भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु, ५ जना घाइते


विराटनगर-पेट्रोल बोक्ने ट्यांकर र म्याजिक भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

कोशी लोकमार्ग अन्तर्गत विराटनगर महानगरपालिका–४ दूध फारममा प्रदेश १–०४–००१ ज ००१४ नम्बरको म्याजिक भ्यान ना ७ ख १८७६ नम्बरको ट्यांकरसँग ठोक्किएको थियो।

सोमबार दिउँसो भएको दुर्घटनामा परी म्याजिक चालक सुनसरीको इटहरी उपमहानगरपालिका-१७ का ३० वर्षीय तिलक साहको मृत्यु भएको मोरङ प्रहरीले जनाएको हो।

दुर्घटनामा गम्भीर घाइते साहलाई उपचारका लागि विराटनगरकै गोल्डेन अस्पताल लगिएको थियो। उपचारका क्रममा दिउँसो ४:४५ बजेतिर चिकित्सकले मृत घोषित गरेको प्रहरीले बताएको छ।

दुर्घटनामा विराटनगर महानगरपालिका-६ का ३६ वर्षीय शंकरप्रसाद शर्मा, ३५ वर्षीय मुन्नाकुमार दास, सुनसरीको दुहवी नगरपालिका-२ की ४० वर्षीया सविना खातुन, मोरङको रंगेली नगरपालिका-८ का २४ वर्षीय अमित सरदार र खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-७ का २२ वर्षीय सजिन मगर घाइते भएका छन् । उनीहरु सबै खतारामुक्त छन् ।