अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

टीआरसी विधेकयलाई सत्ताको दाउपेच बनाउनु हुँदैन: महेश बर्तौला

टीआरसी विधेकयलाई सत्ताको दाउपेच बनाउनु हुँदैन: महेश बर्तौला


काठमाडौं-नेकपा एमालेका प्रमुख सचेतक महेश बर्ताैलाले टीआरसी विधेयकलाई सत्ताको दाउपेज बनाउन नहुने बताउनु भएको छ।

बेपत्ता योद्धा परिवार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले टीआरसी विधेयकलाई छिटोभन्दा छिटो हाउसमा लगेर टुंग्याएर सशत्र द्वन्द्वसँग जोडिएका सबै विषयलाई निष्कर्षमा पुर्‍याउनु पर्ने बताउनु भयो।

उहाँले भन्नुभयो, ‘सत्यको अन्बेषणबाट दोषीलाई कानूनी दायरामा ल्याउनु पर्छ। पीडितलाई न्यायको प्रत्याभूमि गराउनु सक्नुपर्छ। हिजोको द्वन्द्वलाई देखाएर नयाँ द्वन्द्व नहुने कुराको सुनिश्चिता गराउने पथमा जानुपर्छ। समीतिमा रहेको टीआरसी विधेयकलाई अगाडि बढाउने सबै राजनीतिक पार्टीहरुले जिम्मेवारी बोध गर्नुपर्छ। सत्ताको विषय टीआरसी विधेयकलाई बनाउन होइन।’