अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसद भवनको सुरक्षामा खटिएका प्रहरीले आफैंलाई गोली हाने,घटना स्थलमै मृत्यु

संसद भवनको सुरक्षामा खटिएका प्रहरीले आफैंलाई गोली हाने,घटना स्थलमै मृत्यु


काठमाडौं-काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको सुरक्षार्थ खटिएका प्रहरी जवानले आफैलाई गोली चलाएका छन्।

संघीय संसद भवनको पश्चिम गेटको २ नम्बर ग‍ेटमा सुरक्षार्थ खटिएका प्रहरी जवान अजित गोलेले बुधबार बिहान आफैमाथि गोली चलाएका हुन्।

उनको घटनास्थलमै मृत्यु भएको छ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार संसद भवनको २ नम्बर गेटका बायाँपट्टी रहेको शौचालय गएका उनले आफूले बोकेको इन्सास राइफलले आफ्नै निधारमा फायर गरेका थिए।

उनी बिहान ८.१५ बजे शौचालया मृत भेटिएको एसपी अधिकारीले जानकारी दिनुभयो।

मृतक गोले दोलखाको मेलुङ गाउँपालिका(४ घर भई नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन दरबन्दी भई काठमाडौं उपत्यका प्रहरी कार्यालय संघीय संसद सुरक्षा वेस नयाँबानेश्वरमा कार्यरत थिए। सुरक्षाकर्मीको मृत्यु भएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो।

घटनाबारे थप अनुसन्धान भइरहेको एसपी अधिकारीले जानकारी दिनुभयो।