अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वराष्ट्रपति भण्डारीद्वारा रासस तस्वीर प्रदर्शनीको अवलोकन

पूर्वराष्ट्रपति भण्डारीद्वारा रासस तस्वीर प्रदर्शनीको अवलोकन


काठमाडौँ-पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय समाचार समिति राससद्वारा गणतन्त्र दिवस-२०८१ का अवसरमा आयोजित ‘गणतन्त्रका उपलब्धि: समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको आज अवलोकन गर्नुभएको छ।

रासस केन्द्रीय कार्यालय, भद्रकालीमा जारी उक्त प्रदर्शनी अवलोकनपछि शुभेच्छा व्यक्त गर्नुहुँर्दै पूर्वराष्ट्रपति भण्डारीले  प्रदर्शनीमा राखिएका तस्बिरहरु गणतन्त्रपछिका विकास-निर्माणका कामको झलक प्रस्तुत गर्न सार्थक रहेको उल्लेख गर्दै यस प्रकारको रचनात्मक कामको निरन्तरता दिएकामा राससको प्रशंसा गर्नुभयो।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समितिको केन्द्रीय कार्यालयद्वारा आयोजित ‘गणतन्त्रका उपलब्धिःसमृद्धिका लागि पूर्वाधार’ विषयक तस्बिर प्रदर्शनी अवलोकन गर्दै । तस्बिरः हरिराम भेटुवाल÷रासस

पूर्वराष्ट्रपति भण्डारीलाई राससका कार्यकारी अध्यक्ष धमेन्द्र झाले तस्बिर प्रदर्शनीमा राखिएका तस्बिरबारे अवगत गराउनुभएको थियो । उहाँ रासस परिसर आउनुहुँदा अध्यक्ष झाका साथै महाप्रबन्धक सिद्धराज राईसहित विभागीय प्रमुखहरुले स्वागत गर्नुभएको थियो। गत जेठ १० गतेदेखि सुरु भएको रासस तस्बिर प्रदर्शनी यही असार १० गतेसम्म सञ्चालन हुनेछ।