अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दूध किसानको बक्यौता रकम तत्काल भुक्तानी गरियोस्: महेश बर्तौला

दूध किसानको बक्यौता रकम तत्काल भुक्तानी गरियोस्: महेश बर्तौला


काठमाडाैं-नेकपा एमालेका प्रमुख सचेतक महेश बर्ताैलाले दूध किसानहरुको बक्यौता रकम तत्काल भुक्तानी गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ।

बिहीबार बसेकाे प्रतिनिधि सभा बैठककाे आकस्मिक समयमा बाेल्दै प्रमुख सचेतक बर्ताैलाले दूधको बक्यौता भुक्तानी माग गर्दै विरोधमा उत्रिएका किसान पक्राउ परेको विषयमा कडा आपत्ति जनाउनुभयाे। उहाँले आन्दाेलनमा उत्रिएका किसानका न्यायाेचित मागलाई तत्काल वार्तामार्फत सम्बाेधन गर्दै किसानकाे दूधकाे पैसा दिन प्रधानमन्त्री, कृषि मन्त्री र अर्थमन्त्री ध्यानाकर्षण गराउनुभयाे।

देशभरका ६ लाख किसानले राज्य र निजी डेरीबाट गरेर ५ देखि ६ अर्ब रुपैयाँ पाउनुपर्ने अवस्था रहेकाे उहाँले बताउनुभयाे । आफूले बेचेकाे दूधकाे मूल्य नपाएपछि काठमाडाैंमा विराेधमा उत्रिएका किसानमाथि बिहीबार भएकाे प्रहरी धरपकडकाे प्रमुख सचेतक बर्ताैलाले विराेध गर्नुभयाे।

प्रहरीले पक्राउ गरेर थुनेका पीडित किसानसँग आफूले भेटेकाे भन्दै उहाँले अनुमति लिएर शान्तिपूर्ण आन्दाेलन गरिरहेका किसानमाथि भएकाे दुर्व्यवहार गलत भएकाे बताउनुभयाे।