अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी र मधेसका केही जिल्लामा राती भारी वर्षा खोला किनारामा बस्नेलाई सर्तकता अपनाउन आग्रह

कोशी र मधेसका केही जिल्लामा राती भारी वर्षा खोला किनारामा बस्नेलाई सर्तकता अपनाउन आग्रह


काठमाडौं – पूर्वी नेपालका केही जिल्लामा गएरातिदेखि भारीदेखि हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सिराहा, उदयपुर, सप्तरी, धनकुटा, सुनसरी, मोरङ र झापा आसपासको क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

थप वर्षा हुनसक्ने भएकोले सो क्षेत्र भएर बहने स–साना खोलाहरूमा आकस्मिक बहाब बढ्नसक्ने भएकाले तटीय क्षेत्रमा रहनेहरूले सतर्कता अपनाउनु पर्ने विभागले जनाएको छ ।

रौतहटको गरुडा र सर्लाहीको मनुसमारा वर्षामापन केन्द्र आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको छ । सो क्षेत्र भएर बहने झनझा खोलालगायत स–साना खोलाहरूमा बहाव बढ्नसक्ने भएकाले तटीय क्षेत्रमा रहनेहरूले सतर्कता अपनाउनुपर्ने विभागले जनाएको छ ।